शुक्रबार, बैशाख १४, २०८१

महिलामाथि यो वा त्यो कोणबाट हुँदै आएको प्रहारलाइ रोक्न आवश्यक: मन्त्री भट्टराई

काठमाडौ फागुन २३ , नेपाल पत्रकार महासङ्घ महिला समितिद्वारा ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विहिवार राजधानीमा आयोजित ‘महिला पत्रकार सांस्कृतिक महोत्सवको कार्यक्रमलाइ सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनीतिक दल र नेतृत्वकोे ध्यानाकर्षण हुन आवश्यक रहेको बताउनुभएको छ । त्यस्तै उहाँले मुलुकको संविधानले महिला अधिकारको सुनिश्चितता गरेको चर्चा गर्दै पछिल्लो समय महिलामाथि यो वा त्यो कोणबाट हुँदै आएको प्रहार सहितको अराजकतालाई चिर्न सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ महासङ्घका अध्यक्ष गोविन्द आचार्य मुलुककको पत्रकारिता जगत्मा महिला सहभागिता बढ्नु स्वभाविक रुपमा राम्रो लक्षण भयो ।

कार्यक्रममा बरिष्ठ महिला पत्रकारहरु निर्मला आचार्य, सुषमा गौतम, किरणप्रभा तुलाधर, रीता गुरुङ, सरस्वती शर्मा, रोशना तुलाधर, बेन्जु सरोज, सम्झना कर्माचार्य, मञ्जु मिश्र, रचना श्रेष्ठ, रमिता लामा, उषा लोहनी, संगीता लामा, बिनिता चौधरी, यशोदा तिम्सिना, मन्टेश्वरी राजभण्डारी, राधा बुढाथोकी, पुनम पौडेल,.गंगा बराल, निर्मला शर्मा, बबिता बस्नेत, हरिकला अधिकारी, सुचित्रा श्रेष्ठ, रश्मिला प्रजापति, नम्रता शर्मा, कुसुम बज्राचार्य, संगीता बर्मा, शुभेच्छा विन्दु, डम्मर आचार्य, मन गहिरे, मीना तिवारी, बाला अधिकारी, अस्मिता भण्डारी, कोमल वलीलाई सम्मान गरिएको थियो ।

त्यस्तै सम्मानित हुने फोटो पत्रकारहरुमा उषा तितिक्षु, सुनिता डंगोल, उमा विष्ट, बिजु महर्जन, लक्ष्मी श्रेष्ठ, रेजिना मल्ल, ममता कोइराला, कविता थापा, बर्षा शाह, प्रतिक्षा काफ्ले, रेखा शाक्य, पूर्णिमा श्रेष्ठ, प्रेरणा लक्ष्मी शाक्य, निशा भण्डारी, चन्द्रकला क्षेत्री रहनुभएको छ ।  यस्तै, यशोदा अधिकारी,उषा लोहनी, ज्योति अधिकारी, निरु गौतम, लक्ष्मी पौडेल, सम्झना पौडेल, सरिता चलाउने, मिमन बुढाथोकी, आस्था केसी लगायतले गजल तथा कविता प्रस्तुत गर्नुभएको थियो । कविता तथा गजलतर्फ प्रथम आस्था केसी, द्वितीय यशोदा अधिकारी र तृतीय सम्झना पौडेल हुनुभएको थियो । नृत्यतर्फ प्रथम सृष्टि काफ्ले, द्वितीय सतिदेवी र तृतीय कविता अधिकारी हुनुभएको थियो । कार्यक्रममा जनगायक जेबी टुहुरे, जीवन शर्मा तथा चेतन सापकोटा, धीरज राई, सीता आचार्यलगायत कलाकारले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।