शुक्रबार, चैत्र १६, २०८०

महानगर प्रमुख शाक्यलाइ तथ्याङ्क सार्वजनिक गर्न नेता जोशीको ध्यानाकर्षण

काठमाडौं चैत १८ , मुलुकमा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गर्दा महानगर प्रमुख विद्यासुन्दर शाक्यलाइ महानगरमा विदेशबाट आएका कति व्यक्ति काठमाडौंमा छन् ,तिनीहरुको तथ्याङ्क सहित उनीहरुको अवस्थाका के छ ? सार्वजनिक गर्न आग्रह गरिएको छ । नेपाली काङ्ग्रेसका नेता एवम् काठमाडौं महानगरका मेयर पदका उम्मेद्वार राजुराज जोशीले  एक विज्ञप्ति जारी गर्दै महानगर प्रमुख शाक्यलाइ यस्तो आग्रह गरिएको हो ।

त्यस्तै नेता जोशीले जारी प्रेस विज्ञप्तिमा महानगरका जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा महानगर प्रमसख शाक्य गम्भीर नभएको आरोप लगाउँदै विदेशबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसेको या नबसेको ,आइसोलेसनमा लान पर्ने अवस्था भएको वा नभएको जस्ता महत्वपूर्ण सवालमा महानगर उदासिन भएको बताउँदै तत्काल यस विषयमा जानकारी प्रवाह गर्न ध्यानाकर्षण समेत गराउनुभएको छ ।

त्यस्तै एकातर्फ कोभिड १९ को संक्रमणको त्रास अर्कोतर्फ लकडाउनको दोहरो मारमा परेका महानगरवासीलाइ दैनिक उपभोग्य बस्तु सहज आपुर्ति संगै यसवीचमा बढ्दो कृतिम अभाव र कालोबजारीको मार खेप्दै बाध्य भएक महानगरवासी समस्या सम्बोधन गर्न त्यस्तै एकलमहिला वा अन्य विशेष वर्गलाई महानगरले सहज र सुलभ हुने राहात प्याकेजको घोषणा गर्न माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।