बिहिबार, चैत्र १५, २०८०

महानगरमा ८ महिने व्यक्ति प्रधान पजनीका कारण कर्मचारीवृतमा आक्रोशको ज्वाला सल्किदै

काठमाडौं फागुन २३, काठमाडौं महानगरपालिका  अन्र्तगत रहेका विभिन्न   विभाग मध्ये पछिल्लो समय शहरी पूर्वाधार विकास विभाग निकै चर्चाको चुलीमा रहदै आएको छ ।  यस विभाग चर्चामा आउँनुको थप अनेकन कारण रहेपनि पनि पछिल्लो समय भने विभागमा व्यक्ति हितार्थको लागि हुने गरेको ३ व्यक्ति केन्द्रीत विभागीय प्रमुखको ८ महिने पजनीको प्रवृति रहेको बुझिएको छ ।

 महानगर समाचार स्रोतले  महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएयता अर्थात २०७५/ ७/ १९ पछि विभागमा विभागीय प्रमुखत्रय डा. उत्तरकुमार रेग्मी ,नारायण बाबु भट्टराई र राम बहादुर थापा   केन्द्रीत हुँदै महानगर प्रमुख विद्यासुन्दर शाक्यले गर्दै आएको पजनीका कारण विभागलाइ एकाएक चर्चाको चुलीमा स्थापित गरेको जानकारी दिएका छन ।

त्यस्तै महानगरको विनियोजित बजेटमध्ये उल्लेख्य बजेट विनियोजना हुनुको अलावा महानगरभित्रका यावत विकास निर्माणको कामबारवाहीमा समेत प्रत्यक्ष सरोकार राख्ने शहरी पूर्वाधार विकास विभागमा महानगरमा जनप्रतिनिधि निर्वाचित भएयता प्रत्येक आठ महिनाको अन्तरालमा हुँदै आएको विभागीय प्रमुखत्रयको पजनीलाइ आर्थिक चलखेलको नजरियाबाट हेर्दै कर्मचारीवृतमा अनेकन चर्चा हुन थालेका छन ।

त्यस्तै महानगरका अन्य विभागका जिम्मेवारी पाएका विभागीय प्रमुख कोहि १८   महिना भन्दा बढि एकै विभागमा कोहि १५ महिना भन्दा लामो समय एकै विभागमा रहेन तर शहरी पूर्वाधार विकास विभागमा भने ८ महिनाको अन्तरालमा हुने गरेको ३ व्यक्तिकेन्द्रीत पजनी लाइ आर्थिक चलखेलको पराकाष्ठा भएको समाचारस्रोतको दावी रहेको छ ।

त्यस्तै महानगर उच्च् स्रोतका अनुसार महानगरमा प्रमुखको जिम्मेवारीमा निर्वाचित भएसंगै महानगर प्रमुख शाक्यले विभागको जिम्मेवारीमा रहेका डा. रेग्मीलाइ हटाउँदै राम थापालाइ जिम्मेवारी दिए । त्यसको  ८ महिनापछि फेरि विभागको जिम्मेवारीमा नारायण बाबु भट्टराईलाइ दिए । त्यस्तैगरि फेरि डा. रेग्मी र त्यसलगत्तै रामबहादुर थापालाइ जिम्मेवारी दिएको थाहा भएको छ ।  साथै केहि दिनयता भएको महानगर पजनीमा डा रेग्मीलाइ हटाउँदै  विपद व्यवस्थापन विभागमा, विपद व्यवस्थापन विभागका अर्चना श्रेष्ठलाइ सम्पदा तथा पर्यटन विभागमा र सम्पदाका राम बहादुर थापालाइ शहरी पूर्वाधार विकास  विभागको जिम्मेवारी दिएको थाहा भएको छ ।

महानगर समाचार स्रोतका अनुसार महानगरमा हुँदै आएको व्यक्ति प्रधान पजनी पुरस्कार होकी दण्ड हो बुझिनसक्नु भएको बताउँदै कर्मचारी वृतमा आक्रोशको ज्वाला सल्किदै आएको र महानगर प्रमुख शाक्यले विकास निर्माणका कार्य सम्पादन संगै हुने गरेको कमिसन खेलका लागि आफुअनुकुलका  व्यक्ति चयन गर्ने गरेको बताउँदै महानगर प्रमुखको यस किसिमको पजनीको रवैयाले समग्रमा महानगरको विकास निर्माणको बाधक भएको जिकिर गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।