मङ्लबार, बैशाख ११, २०८१

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक, केवलकार सेवा पनि आजबाट बन्द

काठमाडौं चैत ८, कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा हुँदै आएको विशेष पूजाबाहेक सर्वसाधारणको तर्फबाट हुँदै आएको पूजाआजामा रोक लगाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ विरुद्ध नेपाल सरकार कोभिड९१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि मन्दिर व्यवस्थापन समतिले सर्वसाधारणलाइ मन्दिर पूजामा रोक लगाएको हो ।  त्यसो त यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो ।

गोरखास्थित मनकामना मन्दिरमा सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाएको जानारी दिदै मनकामना मन्दिरमा दैनिक करिब ३ हजार भन्दा बढि भक्तजनको तर्फबाट पूजाआजा हुने गरेको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिदै मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने जानारी दिनु भएको छ ।

साथै उहाले आगामी १९ गते मनाइने चैतेदशैँको पर्वको बली पूजा भने सञ्चालन हुने उहाँले बताउँनु भएको छ । त्यस्तै मनकामना मन्दिर दर्शनका लागि सहज सेवा दिदै आएको मनकामना दर्शन प्रालिले पनि विषम परिस्थितीको समयमा सामाजिक उत्तरदायित्व वहन गर्नु पनि आफैमा महत्वपूर्ण पक्ष भएको जनाउ सहित कोरोना भाइरस सङ्क्रमण रोक्न सरकार तर्फबाट भएको निर्णयलाई सहयोग पुयाउन भन्दै आजबाट चैत ३० सम्म बन्द केवलकार सेवा बन्द हुने सूचना जारी गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।