शुक्रबार, बैशाख ७, २०८१

मण्डलाको सौन्दर्यीकरणका लागि महानगर र कृषि बिकास बैकवीच ५ वर्षे सम्झौता

काठमाडौ चैत ४, काठमाडौं महानगरको वडा ११ स्थित माइतीघरमण्डला क्षेत्रको सुधारका लागि काठमाडौं महानगरपालिकाको कृषि बिकास बैकवीच  ५ वर्षे सहमति भएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितीमा मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा आधुनिकीकरण गर्ने बिषयमा भएको सम्झौतामा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धुव्रचन्द्र गौत्तमले हस्ताक्षर गर्नुभएको हो ।

प्रस्तुत सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च  बैक आफैंले व्यहोर्ने छ । उक्त क्षेत्रमा बैङ्कले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । तर, यस्तो सामाग्री विज्ञापनमुलक नभइ जानकारी मुलक र सन्देश मुलक हुने बताईएको छ ।

सम्झौत हस्ताक्षर कार्यक्रममा महानगर प्रमुख शाक्यले बाहै् महिना फूल फुलाएर हेर्दै आकर्षक ठाउँ बनाउन आग्रह गर्दै मौसमी फूलसँगै यस क्षेत्रको पूर्वाधार र हरियालीमा कुनै पनि कमी नहुने आशा व्यक्त गर्नुभयो । त्यस्तै बैङ्कका का. मु. उपमहाप्रबन्धक गौत्तमले, महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैङ्कले पूरा गर्ने प्रतिवद्धता अभिव्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829