शुक्रबार, चैत्र १६, २०८०

मंगलबार बिहान ६ बजेबाट देशभर साताव्यापी लकडाउन, घर बाहिर निस्किन निषेध [निर्णयसहित]

नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू,जारी आदेशको अवहेलना गर्ने  व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने 

काठमाडौ चैत १०,  सरकारले मंगलबारबाट पूर्ण रुपमा मुलक ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको  बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गर्ने निर्णय  सरकारका  प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनु भएको छ ।   एक हप्ताका लागि ‘पूर्ण लक डाउन’को निर्णय सम्बन्धी  गरेको हो । त्यस्तै जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको छ । प्रस्तुत निर्णय अनुरुप मंगलबार बिहान ६ बजेबाट लागु हुने र यसवीचमा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाइने छैन । औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्किन  आदेशमा भनिएको छ ।

जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने उहाँले जानकारी दिनुुभयो । कोभिड–९० रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि प्रस्तुत निर्णय सार्वजनिक गरिएको हो ।

त्यस्तै लक डाउनको समयमा सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेका सम्पूर्ण सवारी साधन , हवाई उडान सवै बन्द हुने भएको छ । सुरक्षा निकायले प्रयोग गर्ने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय सरकारले गरेको हो । साथै निजी क्षेत्रका उद्योगहरु तथा कलकारखानामा कार्यरत श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक नीजि क्षेत्रबाट सञ्चालित उद्योगमा कार्यरत कार्मचारीहरुको विदा मिलाउन निर्देशन जारी गरिएको छ ।

यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बधित कार्यालय प्रमुखले विदा दिने व्यवस्था गर्न निर्देशनमा भनिएको छ ।  साथै सरकारले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ । अभाव देखाएर मुल्य वृद्धि गर्ने, कालोबजारी गर्ने, जम्माखोरी गर्ने वा लुकाएर आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून अनुसार नियन्त्रणमा लिने र सामग्री जफत गरी वितरण गर्ने निर्णय गरेको छ । सरकारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत सजाय हुनेछ । सोमबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

बलम्बुमा रहेको सशस्त्र प्रहरीको अस्पतालबाट कोरोनाको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्यका लागि नेपाली सेनाको चिकित्सक टोलीको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र नीजि क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु परिचालन सुरु गर्ने र त्यसका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।