शुक्रबार, चैत्र १६, २०८०

भ्रामक हल्ला र अफवाहको पछि नलाग्न नर्भिकको आग्रह

काठमाडौं चैत ८,  राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको भन्ने हल्ला अफवाह मात्र भएको र सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको एक जनाको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिए पछि अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै गलत हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरेको छ।

त्यस्तै विज्ञप्तिमा सामाजिक सञ्जाल मार्फत जनमानसमा आतंक सिर्जना गर्न नियतवस गरिएको हल्ला मात्र भएको प्रष्टोक्ति सहित भ्रममा नपर्न अनुरोध गर्दै यस्ता भ्रामक अतिरञ्जित हल्ला फैलाउँनेलाइ तत्काल कारवाही गर्न माग समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।