बिहिबार, चैत्र १५, २०८०

भारतद्दारा औषधि र यसका कच्चा पदार्थको निर्यातमा लगाएको रोक फुकुवा

अनुमतिपत्र सहितको रेकर्ड राखिने, औषधि व्यवसायी सम्वद्ध संघ संस्थाले खेलेको भूमिका आफैमा तारिफ योग्य रहेको सम्वद्ध मन्त्रालयका अधिकारीको जनाउ

काठमाडौ फागुन २५ , कोरोना भाइरसको बढ्दो विश्वव्यापी प्रभावसंगै भारतले नेपालमा निर्यात गर्दै आइरहेको विभिन्न २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ लगाएको रोक फुकुवा गरेका छन । वाणिज्य सचिवस्तरीय छलफलमा भारत नेपालमा औषधि पठाउन सहमत भएको भारत सरकार निर्यातमा रोक लगाएको अत्यावश्यक औषधि नेपाल पठाउन सहमत भएको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परराष्ट्र मन्त्रालयका सम्वद्ध अधिकारी र भारतीय अधिकारीवीच भएको कूटनीतिक पहलपछि भारतले नेपालका लागि सहजरूपमा औषधि निर्यातका लागि सरकारात्मक हुँदै सहमति बनेपनि औषधि र त्यसको कच्चा पदार्थ आयात गर्दा नेपाल आयात गर्ने आयातकर्तालाई अनुमतिपत्र सहितको रेकर्ड कायम गर्दै औषधि निर्यात गर्ने गराउँने भारत सरकार सहमत भएको हो ।

यसअघि भारतले विभिन्न २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ नेपाल निर्यात गर्ने सवालमा रोकलागएसंगै नेपाली औषधि बजारमा एक किसिमको तरंग सिर्जना हुँदै आवश्यता भन्दा उपभोक्तावृतमा औषधिको भण्डारण गर्ने प्रवृति ह्वातै बढेपछि एकातर्फ कालाबजारी र अर्को तर्फ औषधि अभावको वातावरण मौलाएको थियो ।

यद्यपी नेपालस्थित औषधि आयातकर्ता संघ, उत्पादक संघ र औषधि थोक व्यवसायी संघ र औषधि व्यवस्था विभाग लगायतले नेपालमा आगामी ३ देखि ४ महिनाको लागि पुग्ने औषधिको मौज्दा रहेका जनाउ दिदै औषधिको अभाव नहुँने भन्दै जनमानसलाइ आश्वस्त पार्दै आएको थियो । यसवीचमा नेपालका औषधि व्यवसायी सम्वद्ध संघ संस्थाले खेलेको भूमिका आफैमा तारिफ योग्य रहेको सम्वद्ध मन्त्रालयका अधिकारीहरुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।