शनिबार, बैशाख ८, २०८१

भारतको कर्नाटक राज्यमा कोरोना संकमित एक जनाको मृत्यु

समाचार एजेन्सी फागुन ३०, कोरोना भाइरसका कारण भारतमा १ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । समाचार एजेन्सीका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय ती व्यक्ति हालै साउदीबाट भारत फर्केको र स्वास्थ्यकर्मीले उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका जनाएको छ ।

त्यस्तै कर्नाटक प्रदेशमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य तथा कल्याण विभागका अनुसार ती मानिससँग सम्पर्कमा आएका सबैजनालाई छुट्टै क्वारेन्टानइमा राखिएको जनाउँदै भारतमा अहिलेसम्म ७७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । जसमध्ये सबैभन्दा धेरै केरलमा १७, हरियाणामा १४ र महाराष्ट्रमा १४ त्यस्तै कर्नाटकमा ४, लद्दाखमा ३३ र अन्य ५ वटा प्रदेशमा एक–एक जनामा कोरोनामा भइरसको संक्रमण भेटिएको समाचार माध्यमहरुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।