बिहिबार, बैशाख ६, २०८१

प्रेस युनियनको आसन्न नवौं महाधिवेशन स्थगित

p

काठमाडौ चैत ६ , नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशन स्थगन गरिएको छ । यसअघि चैत २१ र २२ गते नेपालगञ्जमा युनियनको नवौ महाधिवेशन हुने कार्यतालिका प्रकाशित गरिएको थियो ।

युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर ‘कोभिड–१९’ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सकुर्लर अनुरुप आसन्न महाधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।

त्यस्तै कोरोना भाइरसको सङ्क्रमण मुलुकमा सामान्य भई सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेलगत्तै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने युनियनले जनाएको छ ।

साथै युनियनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट सजग र सतर्क रहन तथा सर्वसाधारणलाई सचेतनाका लागि सहयोग गर्न मुलुकभरका युनियनकर्मीलाई आह्वान समेत गरेको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829