बुधबार, बैशाख ५, २०८१

प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना भएका थप एक नेपालीमा कोरोना संक्रमण

काठमाडौ चैत १४ , नेपालमा कोरोना भाइरसको चौथो संक्रमित भेटिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्राप्त जानकारी अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना भएका एक पुरूष विरामीमा कोभिड संक्रमण रहेको पुष्टि स्वास्थ मन्त्रालयले गरेका छन ।  मन्त्रालयका अनुसार गत चैत ११ गते दुवईबाट फर्केका ती पुरुष अस्पतालमा भर्ना भएका स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

यसअघि तीनवटै संक्रमण उपत्यकामा भेटिएको थियो । ती मध्ये एक जना डेढ महिना अघि नै स्वस्थ भएर घर फर्केका छन् । दुई जनाको टेकुस्थित अस्पतालमा उपचार भइरहेको छ । दुवैको स्वास्थ अवस्था राम्रो रहेको छ । हालसम्म टेकु अस्पतालमा ८ सय २ नमूना परीक्षण भएको छ । ती मध्ये चार जनामा मात्रै संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829