शनिबार, बैशाख ८, २०८१

प्रम ओलीलाइ काँग्रेस नेता थापाको खुला पत्र- कोभिड -१९को परीक्षण दायरा बढाउन विलम्व नगरौं

काठमाडौं चैत १२ , पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई खुला पत्र लेख्दै कोभिड ९१९० परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् ।
काँग्रेस सासंद समेत रहेका नेता थापाले प्रधानमन्त्री ओलीलाई लेअ‍ेको खुला पत्र सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्दै एक साताव्यापी लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्दै थापाले धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । साथै पछिल्लो समय सरकारले थाली गरेका कार्य सम्पादन स्वागत योग्य भएपनि नेपाल प्रवेश गर्ने सबैलाई चेकजाँच र क्वारेन्टाइनमा राख्नु ढिलाइ गनु नहुने आशय सहितहितको ५ पृष्ठ लामो पत्रमा निकै महत्वपूर्ण समसामायिक प्रसंगको उठान गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।