शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्रीलाई पुरै सक्रिय र अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ: चिकित्‍सक

काठमाडौ फागुन २७, एकसाता अघि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँनु भएका प्रधानमन्त्रीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्‍सक डा। दिव्यासिंह शाहले बताएकी छन् ।

‘ प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा सिंहका अनुसार प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपनि संक्रमणबाट जोगिनका लागि भीडभाडमा जान र पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या नहुने उहाको भनाइ रहेको छ ।
त्यस्तै उहाँले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताउँदै जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’ उनले भनिन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।