शुक्रबार, चैत्र १६, २०८०

प्रदेशको नामाकरणका लागि २ न प्रदेश सभा बैठकमा आज मतदान हुँदै

काठमाडौं चैत ४ , जनक प्रदेश मिथिला–भोजपुरा प्रदेश वा मधेश प्रदेश कुन  नामबाट प्रदेश नं २ को नामाकरण गर्ने भन्ने विषयमा आज  प्रदेश न. २को प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशको नाम तथा राजधानीको नामाकरण गर्न लागि प्रदेश सभा बैठक आव्हान गरिएको हो । यसअघि समाजवादी पार्टी तथा राजपाले मधेश प्रदेश, नेकपाले जनक प्रदेश रनेपाली काँग्रेसले मिथिला–भोजपुरा प्रदेश हुनु पर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएको छ ।

त्यस्तै प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुको बीचमा सहमति बने पनि प्रदेशको नामाकरण्को सवालमा भने प्रदेशसभामा मतदान हुन लागेको हो । यसको लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै दलहरुले आ—आपना प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितीका लागि निर्देशन दिएको छ ।  यद्यपी प्रदेश–२ को नामको वारेमा मतदानवाट निर्णय गर्नका लागि कुनै दलसंग  दुई तिहाई मत नभएका कारण प्रदेशको नामको टुंगो लाग्ला भन्ने भन्न नसकिने अवस्था रहेको काँग्रेस सम्वद्ध सासंदको अभिमत रहेको छ । प्रदेश नंं २ मा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाको ३२ , काँग्रेसका १९ तथा संघीय समाजवादी पार्टीका १ गरेर १ सय ७ जना मतदाता रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।