मङ्लबार, बैशाख ११, २०८१

प्रतिनिधिसभाको चैत १३ का लागि निर्धारित बैठक सर्यो, अर्को बैठक चैत २३ मा

काठमाडौ चैत १२ , प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । यसअघि चैत १३ गते दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने गरी निर्धारण गरिएको थियो । यसवीचमा कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ । सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्को बैठक चैत २३ गते बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।