शुक्रबार, चैत्र १६, २०८०

पाहाँचह्रेको अवसरमा गरिने कंकेश्वरी लगायतका विभिन्न शक्तिपीठदेवीको खटजात्रा स्थगन

काठमाडौं चैत १०, आज पाहाँचह्रे अर्थात पाहुँना पर्व । आजको दिन बिहान विभिन्न शक्ति–पीठहरुमा पूजा गरेका नेवार समुदायले साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरी पाहाँचर्‍हे मनाउने गर्छन् । साँझ घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ । यस पर्वमा घर घरमा विभिन्न परम्परागत परिकार बनाइ खाने गरिन्छ । त्यस्तै आज  कामपा वडा न १९ स्थित  कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ ।

तर विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोभिड १९को संक्रमणको उच्च जोखिममा हाम्रो मुलक नेपाल पनि रहेको भन्ने विश्व स्वास्थ्य संठगनको चेतावनी पछि काठमाडौं उपत्यका लगायत देशैभर मनाइने विभिन्न जात्रा पर्व संक्रमण फैलिन सक्ने डर संगै राज्यले २५ जना भन्दा व्यक्ति सार्वजनिक स्थलमा जम्मा नहुन जारी गरेको निर्देशनका कारण राज्यको निति र निर्देशनप्रति एकाकार हुँदै यसवीचमा मनाइने त्यस्तो कुनैपनि जात्रापर्व यसपटक नमनाउँने सरोकारवालाको निर्णय गरेका छन ।

त्यहि सेरोफेरोमा यसपटक कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा , सेतो मच्छिन्द्रनाथको रथ जात्रा लगायतका पर्वहरु मनमनाउँने निर्णय अनुरुप नियमित एवमु सामान्य पूजाआजा वाहेक यसपटक कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीको खटजात्रा स्थगन गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।