मङ्लबार, बैशाख ११, २०८१

पर्वको नाममा अराजकता सहितको शक्ति प्रदर्शन-होलीकाको नियति नहोस

काठमाडौं फागुन २६,  आज फागुन शुक्ल पूर्णिमाका दिन अर्थात वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा मनाइदैछ । हिमाली एवं पहाडी जिल्लामा आज हर्षोल्लासका साथ त्यस्तैगरि तराइमा मंगलवार  मनाइँने होलीपर्वको महत्वनै वेग्लै रहेका छन ।  तर यसवीचमा    िविश्वव्ययापी फैलिएको कोरोना भाइरसको प्रभाव  नेपालमा अहिलेसम्म   नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन  भनेसंगै    नेपाल सरकार र मातहतका निकायले होली लगायतका कुनैपनि पर्व नमनाउँन आग्रह गरे अनुरुप यसपटक विगतको तुलनामा होली खेल्ने समुदायको सख्यात्मक रुपमा कमिआएको   छ । त्यस्तै सरकारी सूचनाको अवज्ञा  गर्दै सडकमा काम विशेषले त्यस्तै कोहि कसैलाइ पनि इच्छाविपरीत रङ र लोला हान्ने क्रम नर्गन सरोकारवाला निकायले यसअघिनै सूचना जारी गरिसकेका कारण पनि होलीको रौनकतामा कमि आएको पाइन्छ ।   

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । यद्यपी होलीलाइ मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्नुको मजानै वेग्लै रहिआएको छ ।

तर पर्वको नाममा रमाइलो भन्दै केहि समय यता बढ्दो विकृति अर्थात गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने रासायनिक पदार्थ मिसावट भएको रंग प्रयोग गर्ने जस्ता विसंगति प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थाले पनि  राज्य माताहका  निकायले  जारी गरेको सूचनाको  अवज्ञा गर्दै  अराजक प्रारपमा होली खेल्ने    र सडकमा काम विशेषले त्यस्तै कोहि कसैलाइ पनि इच्छाविपरीत रङ र लोला हान्ने जस्ता आराजक क्रियाकलापमा   लाग्ने प्रवृ कहिकतै देखिएक कारण त्यस्ता क्रियाकलापलाइ बेलैमा रोक्नु आवश्यक रहन्छ ।

त्यसअर्थमा पनि पर्व र शक्तिको आडमा दम्भ प्रस्तुत गर्दै मइले जे गर्दा हुन्छ भन्ने मनोभावबाट प्रेरित हुँदै यो वा त्यो नाममा आफ्नो शक्ति प्रदर्शन गर्ने हो भने ढिलो चाँडो जसरी होलीकाले कुर्कम र असत्यको पक्षपाती हुँदै शक्तिको दम्भ प्रस्तुत गर्दै प्रह्लादलाइ वोकेर दन्किरहेको आगोमा व्रम्हाबाट वरदान पाएको अवस्थामा पनि आफैँ भष्म भएझै भष्म हुन रत्तिपनि समय लाग्दैन । त्यसैले शक्ति सन्तुलनलाइ कायम राख्दै पर्वलाइ पर्वको रुपमा सौम्य र सभ्य तरिकाले मनाउँ होली पर्वको अवसरमा सवैमा हार्दिक शुभकामना‘…………।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।