शुक्रबार, बैशाख ७, २०८१

परीक्षा तोकिएकै समय अर्थात चैत ६ गतेबाट सुचारु हुने पनिकाको प्रष्टोक्ति

काठमाडौ चैत ४ , कोरोना भाइरसको सन्त्रास सन्सारभर फैलिरहेको बेलामा एसईईको परीक्षा के हुन्छ भन्ने चासो सर्वत्र भैरहेको अवस्थाकावीच परीक्षा नियत्रण कार्यालयले परीक्षा तोकिएकै समय अर्थात चैत ६ गतेबाट सुचारु हुने प्रष्ट पारेको छ ।  कोरोना भाइरसका बिरामी नेपालमा नदेखिएको अवस्थामा परीक्षा स्थगित गर्नुपर्ने अवस्था नआएको जनाउ सहित परीक्षा रोक्नुपर्ने अवस्था नभएको भन्दै पनिकाले यसते जनाउ दिएको हो । । यद्यपी प्रत्येक परीक्षा केन्द्रमा एकजना स्वास्थ्यकर्मी आवश्यक उपकरण र औषधी सहित राखिने र शंका लागेका परीक्षार्थीलाई बेग्लै कोठामा राखेर परीक्षा दिन लगाउने तयारी भने सरकारले गरेको पनिकाले जनाएको छ ।

साथै परीक्षार्थीलाई भाइरसबाट जोगिनका लागि सावधानी अपनाउँदै निश्चिन्त भएर परीक्षामा सहभागी हुन आग्रह गर्दै परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको परीक्षामा संघीय राजधानी काठमाडौंबाट सबैभन्दा बढी र मनाङबाट सबैभन्दा कम परीक्षार्थी गरी कुल ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षामा सहभागी हुँदै छनभने १ हजार ९ सय ९५ परीक्षा केन्द्र र सोही अनुसारको जनशक्ति परिचालन गर्ने तयारी रहेको पनिकाले जनाएको छ।

यसैवीच , सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले पनि सोमवार एक विज्ञप्ति जारी गर्दै चैत ६ गतेदेखि सञ्चालन हुने परीक्षामा भाइरसको जोखिमबाट आफूलाई सुरक्षित राख्न सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा सवधानी अपनाउँदै ढुक्क भएर सहभागी हुन आव्हान गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829