बिहिबार, चैत्र १५, २०८०

नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा कतार प्रवेशमा रोक

काठमाडौं फागुन २६, कोरोनाभाइरस बढ्दो विश्वव्यापी प्रभावसंगै यसको नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

कतारको सरकारले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गर्नुको अलावा नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय जारी सूचनामा उल्ल्ेख गरिएके छ ।

कतार सरकारको प्रस्तुत निर्णयसंगै उल्लेखित सबै देशलाई प्रभावित गर्नेछ, यसमा अन अराइल भिसा पनि समावेश छ, कामदार र पर्यटक दुबैका लागि ’ कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै अन्य देशको यात्रा गर्न आग्रह गरेको छ ।

त्यस्तै कतारको सरकारी सञ्चार कार्यालय जिसिओले  आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको जानकारी  सहित जारी  वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।