बिहिबार, बैशाख १३, २०८१

नेपालमा १९ वर्षीया एक युवतीमा देखियो कोभिड-१९ संक्रमण, टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौ चैत १०,  सरकारले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज पत्रकार सम्मेलन गर्दै गत चैत्र ४ गते एक फ्रान्सवाट कतारको दोहा हुँदै नेपाल आएकी नेपाली युवतीमा संक्रमण भेटिएको जानकारी दिएको हो ।

अध्ययनको क्रममा टेकु अस्पतालमा आइतबार गरिएको परीक्षणमा ति युवतीमा संक्रमणको पुष्टि भएको जानकारी दिदै मन्त्री ढकालले उनि क्वारेन्टाइनमा बसेको समयमा रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानबमरी दिएके छ ।

त्यस्तै पत्रकार सम्ममेलनमा युवतीका परिवारलाई पनि होम क्वारेन्टाइनमा राखिएको र थप परीक्षण भैरहेको जानकारी दिदै मन्त्रालयले युवती पनि फ्रान्सबाट फर्केदेखि नै होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

नेपालमा संक्रमण भेटिएको यो दोस्रो घटना हो । केही साताअघि चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा पनि सङ्क्रमण भएको देखिएको थियो । उनी भने स्वस्थ भइसकेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।