बुधबार, बैशाख १२, २०८१

देशभरका अदालत दुइ साता बन्द गर्ने सर्वोच्चको निर्णय

काठमाडौं चैत ७,   सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै आइतबारदेखि देशभरका अदालतहरु दुई साता बन्द गर्ने घोषणा गरिएके छ । तर अदालत बन्द भएपनि बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही नरोकिने  सर्वोच्च अदालत जनाएको छ ।

सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रीत गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।