शुक्रबार, बैशाख १४, २०८१

दक्षिण पूर्वी एसियामा कोरोनाको महामारी फैलन सक्ने WHO को चेतावनी

काठमाडौं चैत ५ , कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई यस्तो चेतावनी दिएको ससमाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार । डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा। पूनम खेत्रपाल सिंहले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिनका लागि अपनाउने सावधानीहरुलाई बढाउन आग्रह गर्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रुपमा परिभाषित गरेका नेपालसहित ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको यसमध्ये थाइल्याण्डमा सबैभन्दा धेरै १७७ जनामा संक्रमण पुष्टि भएको जनाएके छ ।

यस्तै इन्डोनेशियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँचजनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल र भुटानमा एक–एकजनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।