बुधबार, बैशाख ५, २०८१

तरुण दलले कालोबजारी र मूल्यवृद्धिविरुद्ध खबरदारी अभियान सञ्चालन गर्ने

काठमाडौ फागुन २३,  नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी अभियानको सञ्चालन गर्ने भएको छ ।

काँग्रेसको तरुण विभागका प्रमुख शङ्कर भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिप्रति सरकार गम्भीर नदेखिएको बताउँदै सरकारले “सर्वसाधारणका लागि अत्यावश्यक सामग्रीको पर्याप्त आपूर्तितर्फ सरकारले गम्भीरता देखाएन भने जन अधिकारका लागि तरुण युवाले खबरदारी गर्ने जानकारी दिनु भएको छ ।

त्यस्तै सबै जिल्लामा कोरोना भाइरसको जोखिमबारे जनचेतना फैलाउन तरुण परिचालन हुने र यसवीचमा बढ्दो कालोबजारी नियन्त्रण गर्न जनताका पक्षमा हस्तक्षेपसम्म समेत गर्न पछि नपर्ने बताउँनु भएको छ ।

स्मरण रहोकाँग्रेसले कोरोनाको सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम बुधबारदेखि लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829