शुक्रबार, चैत्र १६, २०८०

तराईका जिल्लाहरुमा आज होली मनाइँदै

काठमाडौ फागुन २७,   रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्परा अनुरुप तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, होली पर्व मनाउने गरिन्छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लाादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ ।

होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । त्यस्तै प्रदेश सरकारले पनि आज मनायने होली मंगलवार परेको भन्दै बुधवार पनि होली मनाउँन विदा दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।