बिहिबार, बैशाख १३, २०८१

टोल- छिमेकमा कालोबजारी र कृतिम अभावको समस्या छ ? यदि भने ११४९मा फोन गर्नु पछि नपर्नु होला

काठमाडौ चैत १५ , कोभिड- १९ को महामारीको जोखिमको यस विषम अवस्थामा निहित अर्थलाभको लागि जनताको अत्याआवश्यक दैनि उपभोग्य सामाग्री वा अन्य कुनै पनि वस्तुमा कालोबजारी र कृत्रिम अभाव गरेको अवस्थामा सरकारले हदैसम्मको कारवाही गर्ने भएको छ ।  कोभिड–१९ फैलने सम्भावनालाई मध्यनगर गरी सरकारले चैत ११ गतेदेखि अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाउँने गरि साताव्यापी लकडाउन आदेश जारी गरेको अवस्थामा उपभोक्तामा सहज आपूर्तिको व्यवस्था गर्न व्ययवसायी ,उद्योगी लगाउतका सवै सम्वद्ध पक्ष्लाइ आव्हान गरेको छ ।

तर यस विपरित कहि कतै कालाबजारी र कृत्रिम अभावको गुनासो सुनेसंगै सरकाले नियमसंगै आम उपभोक्तालइ टोलफ्रि नम्बर ११४९ नम्बरको व्यवस्था गर्दै यदि त्यो अवस्था पाए तत्कालल फोन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रस्तुत टोलफ्रि नम्बरमा आम उपभोक्ताले कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्य वस्तुको अभाव गर्दै तनाव सिर्जना गरेको भनकममात्र पाएमा तत्कालै गृहमन्त्रालयले २४ सै घण्टा उठ्ने टोलफ्रि नम्बर ११४९ मा खबर गर्न अनुरोध गरेको हो ।

त्यस्तै मन्त्रालयले काठमाडौँ उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य बस्तु सबै विक्रेताले आआफ्ना डेलिभरी सवारीमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउनका लागि सवारी पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ भने यसको सहजीकरण गर्ने गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका तथा नगरपालिका लाइ   मिलाउन भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।