शुक्रबार, बैशाख ७, २०८१

जिप्रका काठमाडौंद्वारा होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह

काठमाडौं फागुन २२, जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । जिप्रका काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरसको जोखिम नेपालमा पनि रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व होली लगायत कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन अनुरोध गरिएको छ । यसअघि सरकारले पनि कोरोना संक्रमण फैलिने जोखिम रहेको भन्दै होली नमनाउन सम्पूर्ण देशवासीलाई आग्रह गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829