शुक्रबार, चैत्र १६, २०८०

जनमानसमा विद्यमान कोरोनाको त्रास हटाउन आवश्यक: सासंद श्रेष्ठ

 वडास्तरीय   विपद् व्यवस्थापन समितिले चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा  जोड  

काठमाडौ चैत्र ९ , कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि स्थानीतहमा समेत विशेष छलफलको आयोजना सहित विशेष कार्य सम्पादनको वातावरण बनाउँने क्रमले तिव्रता पाएको छ ।

यसैक्रममा विश्वव्यापी महामारी बन्दै आएको कोरोनाको संक्रमण र यसको रोकथामका लागि कामपा १५ वडा विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले आवश्यक पूर्वाधार अन्र्तगत मास्क लगायतका आवश्यक सामाग्री वितरण संगै कोरोना सम्बन्धी चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 त्यस्तै  बैठकमा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले  सरकारको तर्फबाट  जारी भएका    निर्देशनात्मक विषयको कार्यान्वनकको लागि आवश्यक वातावरण बनाउँनुको  अलावा    स्थानीय आवश्यकताको विषयलाइ पनि   प्रभावकारी रुपमा सम्बोधन गर्दै जनमानसमा विद्यमान कोरोनाको त्रास हटाउँन स्थानीय संघ सस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको थाहा भएको छ ।

बैठकमा स्थानीय सुरक्षा निकायका अधिकारी, १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, २५ वडा अध्यक्ष निलकाजी शाक्य, वडा न १५ वडा सदस्य समितिका पदाधिकारी लगायत स्थानीय समाजसेवीको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।