बिहिबार, बैशाख १३, २०८१

चीनबाट आइपुग्यो कोभिड -१९संक्रमण पहिचान, र उपचारमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री

काठमाडौ चैत १६, कोरोना भाइरस कोभिड १९ संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री स्वास्थ्य मन्त्रालयले चार्टर गरेको नेवानीको विमानमार्फत ति सामग्री आइतबार विहान गोन्जाओबाट ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

सरकार र ललितपुरस्थित ओबीसीआई प्राइभेट लिमिटेड नामक कम्पनीका आयातकर्ता वीच भएको सम्झौता अनुरुप १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ। पहिलो चरणका सामग्री ल्याउन नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज शनिबार साढे बाह्र बजे चीन उडेको थियो। त्यस्तै दोस्रो र तेस्रो चरणको सामाग्री ल्याउँन अको पटक आगामी २० गते र २३ गते पुन नेवानीको जहाज चीन तर्फ जाने बताईएको छ ।

आज नेपाल आइपुगेका स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर , कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु लगायतका रहेका छन् ।

त्यस्तै सरकारले सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेष्टमेन्ट ग्रुप र चिनियाँ दूतावास , अलिबाबा, ज्याक मा फाउन्डेश लगायतका संघ संस्थाले नेपाललाई सहयोग गरेका ३ करोड ७३ लाख ११ हजार १ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरेका समाग्री समेत ल्याएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।