बिहिबार, चैत्र १५, २०८०

कोरोना विरुद्ध जनचेतनाका लागि भारतमा आज जनता कर्फ्यु लगाइदै

काठमाडौं चैत ९, कोरोना भाइरसको विश्वव्यापी संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आज जनता कर्फ्यु लगाइएको छ । विहान ७ बजेदेखि सुरु भएको कर्फ्यु बेलुका ९ बजेसम्म कायम रहने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतीय प्रम नेरेन्द्र मोदीले कोरोनाको संक्रमण देखिएसंगै विशेष सम्बोधनमार्फत कोरोना सवालमा जनचेतना जगाउने लक्ष्य अनुरुप जनता कर्फ्युको अवधारणा कार्यान्वयन गर्न लागेको हो ।  जनता कर्फ्युका समयमा सर्वसाधारणलाई घरबाहिर ननिस्किन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आब्हान गर्नु भएको छ ।

त्यस्तै जनता कर्फ्युका समयमा सम्पूर्ण रेलसेवा पनि बन्द गरिने भएको छ । यस समयमा औषधिजन्य र आवश्यक सामान बेच्ने पसल मात्र खुला रहनेछन् ।
भारतमा कोरोना भाइरस।बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन नाघेको छ भने  कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । त्यस्तै २३ जना उपचारपछि घर फर्किएको सञ्चारमाध्यमहरुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।