बिहिबार, बैशाख १३, २०८१

कोरोना रोकथाम कोषमा अहिलेसम्म ११ करोड ७६ लाख रुपैयाँ जम्मा

काठमाडौ चैत १४ , विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म ११ करोड ७६ लाख रुपैयाँ जम्मा भएको छ ।

सरकारले गत सोमबार कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरे अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाबराबरको रकम त्यस्तै राजनैति दल सांसद, कर्मचारी, उद्योगीले लगायतका इच्छुकले कोषमा रकम जम्मा गरेको हो ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कोषमा अझै २० करोड रुपैयाँ आउने क्रममा रहेको जानकारी दिदै उहाँले राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीन दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने जानकारी प्राप्त भएको बताउँनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।