बिहिबार, चैत्र १५, २०८०

कोरोना भाइरसबिरुद्ध साझा रणनीति योजना बनाउन सार्क राष्ट्रबीच आज भिडियो कन्फरेन्स हुँदै

काठमाडौं चैत २ , विश्वव्यापी प्रभाव फैलाउँदै जनमानसमा एम किसिमको आंतक सिर्जना गर्दै आइरहेको कोरोना भाइरसबिरुद्ध साझा रणनीति योजना तय गर्नका लागि आज सार्क सदस्य राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोरोना भाइरसविरुद्ध सशक्त रणनीति बनाउन सार्कको मञ्चबाट छलफल गर्न सबै सदस्य राष्ट्रहरु आव्हान गरे अनुरुप सदस्य राष्ट्रबीच आज साँझ दक्षिण एसिया स्तरीय साझा रणनीति बनाउन यस किसिमको भिडियो कन्फरेन्स हुन लागेको हो ।

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव :

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत  दक्षिण एसिया क्षेत्रले कोरोना भाइरसको महामारीसँग जुध्न हरसम्भव उपाय अपनाउनुपर्ने बताउँदै  गर्नु भएको  कोरोना भाइरसबिरुद्ध साझा रणनीति योजना बनउँने प्रस्तावको सार्क अध्यक्ष राष्ट्रको प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीले समर्थन सहित स्वागत गर्नु भएको थिया। त्यस लगत्तै र्सा बाँकी राष्ट्रहरु क्रमस माल्दिभ्स, श्रीलङ्का, बाग्लादेश, भुटान र अफगानिस्तानका नेताहरूले स्वागत गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।