शुक्रबार, चैत्र १६, २०८०

कोरोना भाइरसबाट त्रसित होइन सजग हुन महानगर प्रमुखको आग्रह

काठमाडौ फागुन २३, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरस को सन्त्रासबाट नअत्तालिन महानगरबासीलाई आग्रह गर्नुभएको छ । महानगरले आज राजधानीमा आयोजित कोरोना र डेंगे रोगको महामारी सम्वन्धि बृहत जनचेतना कार्यक्रममा बोल्दै प्रमुख  शाक्यले विश्वभरी फैलिएको कोरोना आतंकको सवालमा नेपालमा गलत सूचनाबाट अनावश्यक त्रास सिर्जना भएको बताउँदै कुनैपनि समस्याको समाधान अतालिदै गर्ने नभइ सावधानी पूर्वक गनुपर्नेमा जोड दिनु भएको छ ।

साथै उहाँले महानगरले यसको लागि वडामा प्रत्येक सचेतनामुलक र सम्भावित खतरा व्यवस्थापनका लागि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उद्घोष समेत गर्नुभएको छ । पछिल्लो समय नेपाली समाजमा बढ्दो कोरोनाको त्राससंगै कालोबजारीको संभावन अधिक रहेका कारण सजग हुनपर्ने बताउँदै म्रमुख शाक्यले सरकारले दिएका आधिकारिक सूचनालाई मात्रै आधार मान्न महानगरवासीलाइ आग्रह गर्दै कुनै किसिमको विपत्तिको सामना गर्न संयमताको आवश्यक रहने बताउनु भएको छ ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ,इपिडियोमोेलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।