शुक्रबार, बैशाख १४, २०८१

कोरोना भाइरसको संक्रमण रोक्न भारतमा जनता कर्फ्यु लगाउने प्रम मोदीको घोषणा

काठमाडौ चैत ६,  कोरोना भाइरसको संक्रमण रोक्नका लागि भारतले २२ मार्च २०२० देखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय जनतालाई टेलिभिजनमार्फत सम्बोधन गर्दै जनताले आफैंबाट लागु हुने गरी जनता कर्फ्यु लागु गर्ने घोषणा गर्नुभएको हो । प्रम मोदीले आइतवारबाट विहान ७ बजे देखी राति ९ बजेसम्म जनता कर्फ्यु   लागु हुने बताउनु बताउँदै निर्धारित समयमा जनता आफ्नो घरबाट बाहिर निस्कन नपाउने बताउँनु भएको हो ।

प्रधानमन्त्री मोदीले अहिले विश्‍व कोरोना आतंकबाट नराम्ररी प्रभावित भइरहेकोले विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिदै भारतजस्तो १३० करोड नागरिक भएको विकाशील देशलाई कोरोनाको सामना गर्नु सामान्य विषय नभएको र विश्‍वका विकसित देशमा यसको व्यापक प्रभाव देखिरहेको अवस्थामा भारतमा यसको प्रभाव पर्दैन भन्‍ने मान्‍नु गलत बुझाइ हुने भन्दै यसको सामना गर्नका लागि हामीले संकल्प र संयमलाइ गुमाउँनु नहुनेमा जोड दिदै जनता कर्फ्यु कार्यक्रमबाट यसको नियन्त्रणको लागि धेरै हदसम्म राहत पुग्ने बताउँनु भएको छ ।

त्यस्तै भारतीय प्रम मोदीले बढो मार्मिक् रुपमा हरेक एक सचेत नागरिकले १० जनालाई फोन गरेर जनता कर्फ्यूका बारेमा सम्झाउँन आग्रह गर्दै हाम्रो देशमा रहेका विभिन्‍न संगठनहरुले आइतबारसम्म जनता कर्फ्यूको सन्देश जनतासम्म पुर्‍याउन आग्रह गर्नुभएको छ । त्यस्तै उहाले संकटका यस घडीमा भारत सरकारले वित्तमन्त्रीको नेतृत्वमा कोभिड- १९ इकोनमिक टास्कफोर्स गठन गरेको जानकारी समेत दिदै कोरोनाको संकटबाट आफू बचौं, देश बचाऔं र जगत जोगाउँन । जनता कर्फ्यू लागु गर्न आग्रह गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।