शुक्रबार, चैत्र १६, २०८०

कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाईएको सरकारको प्रष्टोक्ति

काठमाडौ चैत २ , विश्वव्यपी प्रभाव फैलाउँदै आएका  कोरोना भाइरसको संक्रमणको सवालमा राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको जानारी दिनु भएको छ । पछिल्लो समय विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेकोे उहाँको भनाइ रहेको थियो ।

त्यस्तै मन्त्री ढकालले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाइएको जाकरी दिदै उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिले कोरोनाको सङ्क्रमण रोक्न सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सतर्कताकासाथ काम गर्दै आएको जानकारी दिनुभयो ।

साथै उहाँले त्यसक्रममा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुप होम क्वारेन्टाइनको व्यवस्था गर्न नागरिकलाई आग्रह गरिएको तथा कोरोनाको हल्लाले बजारमा दैनिक उपभोग्य वस्तुमा हुने अभाव र कालोबजारी नियन्त्रणका लागि आवश्यक सजगताका साथ काम गर्नुको अलावा सरकारले नेपाल भारत सीमा क्षेत्रलाई थप व्यवस्थित बनाई परीक्षणसमेत शुरु गरेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।