शुक्रबार, चैत्र १६, २०८०

कोरोनाको सन्त्रासकावीच पनि आज रङ्गीबिरङ्गी पर्व फागुपूर्णिमा मनाइदै

होलीलाई उत्सवका रूपमा मनाउन निषेध 

काठमाडौं फागुन २६, प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा आज भव्यताका साथ मनाइँदैछ होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । तर यसपटक तराइमा मंगलवार परेका कारण बुधवार पनि होली मनाइने भएको छ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक आपसमा विनोदपूर्ण वातावरणमा विभिन्न रङ दलेर मनाउँने गर्छन । त्यसो त राजधानीको बसन्तपुर दरवार क्षेत्रमा मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । प्राचीन कालदेखि चलिआएको होली पर्वको अवसरमा स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गर्दछन् । त्यसो त होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा समेत लिने गरिन्छ ।

 यसैवीच  विश्वव्ययापी फैलिएको कोरोना भाइरसको प्रभाव  नेपालमा अहिलेसम्म   नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन  भनेसंगै    नेपाल सरकार र मातहतका निकायले होली लगायतका कुनैपनि पर्व नमनाउँन आग्रह गरे अनुरुप यसपटक विगतको तुलनामा होली खेल्ने समुदायको सख्यात्मक रुपमा कमिआएको   छ । त्यस्तै सरकारी सूचनाको अवज्ञा  गर्दै सडकमा काम विशेषले त्यस्तै कोहि कसैलाइ पनि इच्छाविपरीत रङ र लोला हान्ने क्रम नर्गन सरोकारवाला निकायले यसअघिनै सूचना जारी गरिसकेका कारण पनि होलीको रौनकतामा कमि आएको पाइन्छ ।  त्यसोत सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि जोखिम कम गर्न भन्दै यसपटकको होलीलाई उत्सवका रूपमा मनाउन निषेध नै  गरेको छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा होली पर्व मनाइने गरिएको धार्मिक दस्तावेजहरुमा उल्लेख पाइन्छ । सरकारले आज होली मनाइने ५४ जिल्लामा र तराईका २१ जिल्लामा मंगलवार सार्वजनिक बिदा दिएको छ । यसैवीच आज होलीपर्वकै अवसरमा वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ ध्वजाका कपडा लिन लुँछाचुँडी गर्ने गर्दछ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।