बिहिबार, चैत्र १५, २०८०

कोरोनाको जोखिम न्यूनिकरणका लागि सभापति देउवाको सरकारलाइ ९ बुँदे ध्यानाकर्षण

काठमाडौ चैत ३,  नेपाली काँग्रेसका सभापति एवं शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरापति सजग रहदै त्यसको नियन्त्रणका लागि प्रभावकारी बन्दोबस्ती मिलाउँन ९ बुँदे ध्यानाकर्षण सहित सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्नुभएको छ ।  सभापति देउवाले आज एक विज्ञप्तिमार्फत जारी गर्दै सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाई हुन नसक्दा कुनैपनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै यस्तो अपिल गर्नु भएको हो ।

त्यस्तै विज्ञप्तिमा उहाँले उहाँले सम्भावित जोखिम सामनाका लागि दक्षजनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आइसियुसम्मको अभाव हुन नदिन , निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न , गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई अत्यन्तै कष्टकर अवस्था बन्ने बताउँदै उहाँले त्यस्ता व्यक्तिका लागि राहतको योजना ल्याउन समेत सरकारसंग माग गर्नुको अलावा स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न अपिल गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।