शुक्रबार, चैत्र १६, २०८०

कोभिड–१९ को सन्त्रासबाट जोगिन यस्तो छ महानगर प्रमुख शाक्यको अपिल

काठमाडौ चैत ८, काठमाडौं महानगरका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको ‘कोभिड–१९’ को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउन र ‘कोरोना’ संक्रमणको आशंका भएमा टोल फ्रि नम्बर–११८० मा खबर गर्न अपिल गर्नु भएको छ । महानगर प्रमुख शाक्यले आज एक अपिल विज्ञप्ति जारी गर्दै कोरोना’ संक्रमणको आशंका भएमा भएमा कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नम्बर–११८० मा खबर तथा सूचना दिन अनुरोध गर्नु भएको हो ।

त्यस्तै विज्ञप्तिमा कोरोनाको संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले संघीय सरकारले जारी गरेको सूचनाअनुरुप सचेत हुन आग्रह गर्दै आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै घोडेजात्रा, सेतो मच्छिन्द्रनाथको रथयात्रालगायतका पर्व यसपटक नमनाउन आग्रह गरेका छन् ।

त्यस्तै महानगरले कोरोनाभाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी भइसकेको जानकारी दिदै सरकारात्मक सूचना प्रवाह गर्न नकारात्मक सूचनाको पछि नलाग्न र महानगर अन्र्तगत रहेको वडा विपद व्यवस्थापन समितिलाइ सक्रिय रुपमा स्थानीय स्तरमा सेवा प्रवाह गर्न समेत अपिल गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।