शुक्रबार, चैत्र १६, २०८०

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि थप प्रभावकारी निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं चैत ९, प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्राप्त जानकारी अनुसार आज अपरान्ह ४ बजे बोलाइएको बैठकबाट कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक तथा तथ नितिगत निर्णय गरिने तयारी रहेको बुझिएको छ ।

त्यस्तै आजको मप बैठकमा उपप्रम ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समिति मार्फत विश्वव्यापी आतंक फैलाउँदै आएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि भएको कामकारवाहीको समेत समिक्षा गर्दै थप प्रभावकारी कदम चाल्न सरकारले कार्य नयाँ योजना समेत तय गर्ने बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।