बुधबार, बैशाख १२, २०८१

कोभिड -१९ का शंकास्पद विरामीहरु परीक्षणका लागि जाने क्रम बढ्दो

काठमाडौं चैत १४ , विश्वव्यापी महामारकिो रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको आशंकामा शंकास्पद विरामीहरु परीक्षणका लागि जाने क्रम केही बढेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म ७ सय ६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तिमध्ये तीन जनामा कोरोना संक्रमण देखिएको छ बाँकी ७ सय ५५ जनामा संक्रमण नदेखिएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले शंकास्पद १७ मध्ये टेकु अस्पतालमा ४, पाटन अस्पतालमा ४ र कान्ति बाल अस्पतालम ९ गरी कूल १७ जनालाई आइसोलेसनमा उपचार भएको भइरहेको मन्त्रालयले जनाउनुको अलावा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा थप ११ जनालाई निगरानीमा राखिएको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।