शनिबार, बैशाख ८, २०८१

कोभिड-१९को जानकारी तथा सूचनाका लागि मन्त्रालयले नयाँ वेब पोर्टल सञ्चालन गर्दै

काठमाडौ चैत १५ , स्वास्थ्य मन्त्रालयले कोभिड १९- नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न आजदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका प्रस्तुत नयाँ वेब पोर्टैल सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रस्तुत नयाँ वेब पोर्टलको सञ्चालनसंगै डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी बताउँदै वेबसाइटले कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा मन्त्रालयको रहेको सम्वद्ध अधिकारीहरुले बताएक छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।