शुक्रबार, चैत्र १६, २०८०

कम्पनी रजिष्ट्रारका नासु पन्थी र लेखापरीक्षक श्रेष्ठ घूस रकम सहित पक्राउ

धनौजी गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा कार्यरत वडा सचिव ठाकुर २० हजार घुस सहित नियन्त्रणमा

काठमाडौं फागुन २९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत दुई जनालाई पक्राउ गरेको छ । नायब सुब्बा डोर प्रसाद पन्थी लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाइ घूस रकम सहित पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञििवज्ञप्तिमा उनीहरुले कम्पनीको अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घूस माग गरेको भन्ने प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्नेक्रममा पक्राउ परेको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमामा पक्राउ परेका पन्थी र श्रेष्ठ उपर थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

यसैवीच आयोगको बर्दिवास टोलीले धनुषा जिल्ला धनौजी गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा कार्यरत वडा सचिव सुशील ठाकुरलाइ जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको जनाएको छ । त्यस्तै वडा सचिव ठाकुरले सेवाग्राहीलाई नियमानुसार जन्म प्रमाणितको सिफारिस उपलब्ध नगराई आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी घुस लिएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।