बिहिबार, बैशाख १३, २०८१

कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जना यात्रु प्रहरी नियन्त्रणमा

काठमाडौ चैत १२,  मुलुक लक डाउनको अवस्थमा पनि सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्राप्त जानकारी अनुसार ना ५ ख ९५५२ नम्बरको कन्टेनर चालकलाई दुई–दुई सय रुपैयाँ भाडा दिएरमा चढेका उनीहरुलाई गएराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका यात्रु बारा, पर्सा र रौतहटका बासिन्दा रहेको जनाउँदै प्रहरीले प्रहरीले सोधपुछको क्रममा उनिहरुले व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएको र मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि खाली कन्टेनर भित्र बसेर आएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।