बिहिबार, चैत्र १५, २०८०

एनओसीको तेस्रो पूर्ण बैठक: ११ बुँदे निर्णयसहित ओलम्पिक कमिटी अब संघीय संरचनामा

चुलिदै आएको यावत विवाद अन्त्य

काठमाडौं चैत ५ , नेपाल ओलम्पिक कमिटीको लामो समयदेखि चुलिदै आएको विवाद अन्त्य भएको छ । पोखरामा सम्पन्न दुइ दिने एनओसीको तेस्रो पूर्ण बैठकले रुक्मशमशेर राणालाई समेत ओलम्पिक कमिटीमा समावेश गरेसंगै ओलम्पिककमिटीमा जारी विवाद विवाद अन्त्य भएको बताईएको छ ।  विगत १२ वर्षदेखि नेपालमा दुईवटा एनओसीको अस्तित्वमा देखिदै आएकोमा  एनओसीको पोखरा बैठकले एनओसीका पूर्वअध्यक्ष रुक्मशमशेर राणा , धुव्रबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गर्दै जारी विवाद को अन्त्य गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

एनओसीका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले कमिटीमा जारी विवाद अन्त्य भएको बताउँदै पोखरा बैठकले ११ बुँदे निर्णयसहित एनएओसीलाई अब संघीय संरचनामा अघि बढाउने निर्णय गरेको जानकारी दिनु भएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार   प्रदेशमा बन्ने खेलकुद संघलाई परिचालन र व्यवस्थित गर्न प्रदेशसँग संयोजन गर्न प्रदेश १ मा पीताम्बर तिम्सिनालाई संयोजक तोकिएको छ । प्रदेश २ मा अशोक रत्न बज्राचार्य  ,  बाग्मती प्रदेशमा सुनिलबहादुर श्रेष्ठ , गण्डकी प्रदेशमा तेजबहादर गुरुङ   प्रदेश ५ मा तुलसी थापा  कर्णाली प्रदेशमा दीपकहर्ष बज्राचार्य संयोजक तोकिएका छन् । रतन टन्डनलाई सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी दिइएको  छ ।

त्यस्तै एनओसीका पूर्वमहासचिव, राखेपका पूर्वउपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको उपचारका लागि एनओसीले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्नुका अलावा  महिला तथा खेलकुद संयोजकमा ज्योति राणा, संस्कृति संयोजक रामजीबहादुर श्रेष्ठ, बजार व्यवस्थापन संयोजकमा गोपालसुन्दर लाल कक्षपति, सदस्यमा टासी घले र प्रकाश शमशेर राणा छन् । स्पोर्ट्स फर अलमा विष्णुगोपाल श्रेष्ठ र मेडिकलमा डाक्टर सरोजकृष्ण श्रेष्ठ, स्पोर्ट्स मनोविज्ञानमा इन्द्र गुरुङ, शान्ति र स्पोर्ट्समा रमेश महर्जन, स्पोर्ट्स तथा वातावरणमा गोवद्र्धन श्रेष्ठ र सूचना संयोजकमा मोहन नेपाललाई चयन गरेको  उहाँले बताउँनु भएको  छ ।

यस्तै बैठकले  ओलम्पिक अभियानमा विशेष योगदान दिएका पूर्वमन्त्री पुरुषोत्तम पौडेल र शरदसिंह भण्डारीलाई नेपाल ओलम्पिक कमिटीको सल्लाहकारमा र वरिष्ठ अधिवक्ता लोकभक्त राणालाई एनओसीको कानुनी सल्लाहकारमा मनोनयन गर्ने निर्णय समेत गरेको छ भने कार्यकारी निर्देशकमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानद्य राज वैद्यलाई नियुक्ति गर्ने निर्णय  गर्नुुको अलावा    ओलम्पिक अभियानमा योगदान पु(याउने   छापा, फोटो, अनलाइन, टेलिभिजनमा कार्यरत  पत्रकार र तीन उत्कृष्ट राष्ट्रिय संघलाई ओलम्पिक अवार्ड दिइने निर्णय  समेत गरेको  छ ।   साथै महामारीका रूपमा विश्वभरि फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्न जनेचेतना अभिवृद्धि गर्न विभिन्न सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने  लगायतका  निर्णय गरेको  अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।