शुक्रबार, चैत्र १६, २०८०

उपभोक्तालाइ रु ६८७ रुपैयाँमा ७.१ किलो ग्यास सिलिन्डर दिने निगमको तयारी

उपभोक्तालाइ आतंकित पार्ने किसिमको निगमको निर्णय आफैमा सशंयपूर्ण

काठमाडौ चैत १५ , कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपाल सरकारले जारी गरेको साताव्यापी लकडाउनको समयमा बजारमा दैनिक उपभोग्य सामाग्रीको कुनै अभाव नहोस र उपभोक्ताले आवश्यकता भन्दा बढि सञ्चय गर्ने प्रवृतिमा पनि सन्तुलन कायम गर्न लागि खाना पाकाउँने ग्याँसको विक्रि वितरणमा नयाँ नियम लागु गर्ने भएको छ । । पछिल्लो समय मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउने तयारी गरेको हो ।

नाकाबन्दीको समयमा थुप्रै होटल सञ्चालनमा रहेको थियो । त्यसवेला ग्यासको चरम अभाव हुनु स्वभाविक थियो । तर अहिले नाकाबन्दी त होइन तैपनि निगमले आधा सिलिन्डर ग्यासको प्रयोग गर्न खोज्नु आफैमा सशंयपूर्ण भएको बताएका छन । साथै सरकारी भनाइ अनुरुप चैत १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलोलिटर पेट्रोल र २७ लाख ५२ हजार किलोलिटर डिजल वीरगञ्ज नाकाबाट नियमित आउँदै गरेको अवस्थामा उपभोक्तालाइ आतंकित पार्ने किसिमको निगमको निर्णयप्रति रोष प्रकट

यसको लागि नेपाल आयल निगमले ७.१ किलो ग्यास भएको सिलिन्डरको नयाँ मूल्य समेत तोकेको छ । तेकिएको नयाँ ग्यासको मुल्य अनुसार तराई क्षेत्रबाहेक काठमाडौँ उपत्यकालगायतका अन्य स्थानमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर ६८७ रुपैयाँ ५० पैसा तोकिएको भने तराई क्षेत्रका लागि प्रतिसिलिन्डर ६७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रतिसिलिन्डर रु ६७० तोकिएको जनाएको छ । यसअघि बजारमा १४.२ किलो ग्यास भएको प्रति सिलिन्डर रु १ हजार ३ सय ७५ मा बिक्री वितरण हुँदै आएको थियो ।

निगमको प्रस्तुत निर्णयसंगै आम उपभोक्ता वृतले मिश्रित प्रतित्रिया व्यक्त गरेका छन । कसैले मुलुक लकडाउन रहेको छ यहाँ कुनै होटल व्यवसाय सञ्चालमा आएको अवस्था छैन । तत्कालीन नाकाबन्दीको समयमा थुप्रै होटल सञ्चालनमा रहेका कारण ग्यासको चरम अभाव हुनु स्वभाविक थियो । तर अहिलेको अवस्था ठिक त्यस विपरित रहेका कारण कुनैपनि अर्थमा ग्यास अभाव हुन नपर्ने हो । तैपनि निगमले आधा सिलिन्डर ग्यासको प्रयोग गर्न खोज्नु आफैमा उदेक लाग्दो भएको बताउँदै निगमको निर्णय आफैमा सशंयपूर्ण भएको भन्दै आक्रोश समेत व्यक्त गर्दै सरकारी सूचना अनुरुपनै चैत १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलोलिटर पेट्रोल र २७ लाख ५२ हजार किलोलिटर डिजल वीरगञ्ज नाकाबाट नियमित आउँदै गरेको अवस्थामा उपभोक्तालाइ आतंकित पार्ने किसिमको निगमको निर्णयप्रति रोष प्रकट गरेका छन । तर निगम सम्वद्ध अधिकारीले भने काठमाडौं उपत्यका स्टक राख्ने प्रवृति विरुद्ध यस किसिमको निर्णय आएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।