शनिबार, बैशाख ८, २०८१

उपभोक्ताको उपभोग्य खाद्य सामाग्री जोहोको चिन्ता निवारण गर्दै साल्ट ट्रेडिङ

कर्पोरेशनको घरदैलो सेवाबाट आम उपभोक्तालाइ राहत

काठमाडौं चैत १७ , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेशसंगै दैनिकउपभोग्य खाद्यसामाग्रीको जोहोको चिन्तामा रहेका आम उपभोक्तालाइ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले घर दैलो सेवा उपलब्ध गराउन थालेको छ । अत्याआवश्यक उपभोग्य सामाग्री खरिदका लागि लागि सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा घर बाहिर निस्कन नपाएका काठमाडौं उपत्यकाका उपभोक्ता लक्षित हुँदै साल्ट ट्रेडिङले यस्तो सेवा उपलब्ध गराउन् थालेको हो ।

पछिल्लो समय मुलकमा सिर्जित कोभिड १९को यो भयावह अवस्थामा साल्ट ट्रेडिङले दैनिक उपभोग्य बस्तु उपभोक्ताको घर दैलोमै पुर्याउन शुरु गरेको पक्षलाइ हेर्ने हो भने कर्पोरेशन र यसका जिम्मेवार अधिकारीको उपभोक्ता प्रतिको चिन्तन आफैमा प्रशसनीय रहेको छ भने घरदैलो अभियानको क्रममा कोभिड १९ बाट जोगिन पालना गर्नुपर्ने सुरक्षाका उपाय सहित कर्पोरेशनले पिठो,दाल,चामल,नुन र चिनी जस्ता खाद्य सामाग्री आफ्नो घरदैलोमा पाउँदा उपभोक्तालाइ ठूलै राहत समेत मिलेको छ ।

यसैवीच साल्ट टेडिङ कर्पोरेशनका विभागीय प्रमुख ब्रजेश कुमार झाले स्थापनाको छ दशक भन्दा बढी व्यतित गरिसकेको यो संस्था वाणिज्य क्षेत्रमा पव्लिक प्राइभेट पार्टनर सिपको उत्कृष्ट नमूना बन्न सफल भएको छ । जव जव मुलुकमा  विषम परिस्थिती सिर्जना हुन्छ तव तव सत्यमेव परम धनम् भन्ने् आदर्श वाक्यलाई धारणा गरेको यस संस्थाले गुणस्तरीय वस्तु सरकारको निर्देशन अनुसार १० प्रतिशत छुटको अवधारणा अनुरुप देशभरिका जनतालाई सुलभ रुपमा आपूर्ति गर्ने एवं जनस्वास्थ्यलाई प्रतिकूल असर नपर्ने वस्तु वा सेवाको प्रवाह गर्दै बताउनु भएको छ

त्यस्तै यस संस्थाले विश्व स्वास्थ्य संगठनको अध्ययन प्रतिवेदनको आधारमा खाद्य उद्योगको स्थापना गरि कर्पोरेशनले आम उपभोक्तालाई नून, तेल, वनस्पति ध्यू, मैदा, पिठो , सुजी, चिउरा, चामल, दाल, चिनी, खाना पकाउने ग्यांस ,रासायनिक मल, बिउबिजन लगायतका सामान नेपालीको घरदैलोमा पु-याउदै आएको छ । महाभूकम्पको समय होस वा मधेस आन्दोलन होस वा तत्कालीन अघोषित भारतीय नाकाबन्दीको समयमानै किन नहोस आम उपोक्तालाइ सहजरुपमा एलपीजी ग्यास लगायतका खाध्यान्न विक्रीवितरण गर्दै उपभोक्ताको सेवामा प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणा अनुरुप समर्पित हुँदै आएको छ । साथै सेवामुखी अवधारणालाई अझ् प्रभावकारीरुपमा कार्यान्वयन गर्दै साल्ट ट्रेडिङगले भारतबाटै आयातित आयोडिनयुक्त नून अपत्यारिलो गरी सस्तो मूल्यमा नेपाली उपभोक्तामाझ भारतीय बजार भन्दा सस्तो मूल्यमा उपलब्ध गराउने नीति लाइ निरन्तरता दिनु यस संस्थाको अको विशेषता सावित भएको छ ।

कर्पोरेशनका जिम्मेवार अधिकारीका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले अहिले एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको छ । चिनीको मूल्य प्रतिकिलोको ७३ रुपैयाँ रहेको छ भने नुनको प्रतिप्याकेट २० मा विक्री गर्दै गर्दा एकातर्फ कालाबजारी समेत घटेको जनाउँदै साल्ट ट्रेडिङले जडिबुटी, सतुङगल र कालिमाटीमा आउटलेट संचालन गरी खाद्यान्न विक्री गर्दै आएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।