शुक्रबार, चैत्र १६, २०८०

आयोगद्दारा २५ सय ६ जना बेपत्ता व्यक्तिको नामावली सार्वजनिक,मन्त्री मगर पनि बेपत्ता सूचीमा

काठमाडौ चैत ४,  बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगले तत्कालीन माओवादी सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरुको नाम सार्वजनिक गरेको छ ।

आयोगद्दारा सार्वजनिक नामावली सूचीमा २५ सय ६ जना बेपत्ता व्यक्तिको नाम समावेस गरिएको छ । बेपत्ता व्यक्तिहरुको जानकारी गराउन आयोगले आग्रह गरेसँगै पीडित परिवारले दिएको उजुरीका आधारमा यी नामहरु सार्वजनिक गरिएको हो । आयोगले सार्वजनिक गरेको सूचीमा खानेपानी तथा सरसफाइमन्त्री विना मगरको नाम समेत १९० नम्बरमा सार्वजनिक गरिएको छ ।

त्यस्तै सार्वजनिक सूचीमा बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जना वेपत्ता भएको उल्लेख छ । त्यस्तै  दाङबाट १२८, बाँकेबाट १००, रोल्पाबाट ९७, कञ्चनपुरबाट ७७, बैतडीबाट ६६, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०९४०, काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ता पारिएका व्यक्तिका परिवारले आफन्त खोजिदिन आग्रह गरेको  आयोगले  जनाएको छ । बेपत्ताहरुको नाम सार्वजनिक गरेपछि अब पीडित परिवारहरुसँग सम्पर्क गरी अनुसन्धानलाई अघि बढाउने आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।