बिहिबार, बैशाख १३, २०८१

आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइंदै

सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न मद्धत पुगोस : राष्ट्रपति भण्डारी

महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको उपराष्ट्रपतिको जिकिर

काठमाडौ फागुन २५, समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ भन्ने मूल नारा सहित आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।  महिला माथि हुने सबै उत्पीडनको अन्त्यका साथै राजनीतिक निकायहरूमा समान सहभागिताको माग गर्दै सन् १९११ देखि यो दिवस मनाउने गरिएको हो । सन् १९११ को मार्च १८ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकोमा सन् १९१७ देखि मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो ।

यसैवीच अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले आज संयुक्त विज्ञप्तिमा महिला सशक्तीकरणका क्षेत्रमा नेपालमा केही उल्लेख्य प्रगति भए पनि महिला सशक्तीकरणसम्बन्धी विषय कार्यान्वयनमा अझै गम्भीर चुनौती र अवरोध रहेको जनाएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दिवसले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपमान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले महिला दिवसको उद्धेश्य साकार पार्न सम्बद्ध सबैको अग्रसरता आवश्यक रहेकोमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले दिवसले लैंगिक समानताका लागि क्रियाशिल सम्बद्ध सबैमा थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त  गर्नु भएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको  ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै    महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताउनुभयो । उहाँले महिला दिवसले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।