बिहिबार, बैशाख ६, २०८१

आइसोलेसनमा उपचार हुँदै गरेका कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं चैत १८, कोभिड- १९ को संक्रमण देखिएसंगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा उपचारारत चारै जनाको विरामी कै स्वास्थ्य अवस्था सामान्य रहेको थाहा भएको छ ।

अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको हो ।

अस्पताल सम्वद्ध अधिकारीका अनुसार त्यस्तै मोफसलका प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवा र चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको अवस्था समेत स्वास्थ् अवस्था सामान्य रहेका थाहा भएको छ ।

साथै सम्वद्ध विरामीका नजिक रहेका व्यक्तिहरुको समेत स्वाव परीक्षणको जनस्वास्थय प्रयोगशाला काठमाडौंमा भइरहेको स्वास्थ् मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।