शुक्रबार, चैत्र १६, २०८०

अमेरिकी दूतावासद्दारा तत्कालालाइ सम्पूर्ण भिसा प्रक्रिया रद्द

काठमाडौं चैत ३, कोरोना भाइरसको प्रकोपलाइ दृष्टिगत गर्दै नेपालििस्थत अमेरिकी दूतावासले तत्कालालाइ सम्पूर्ण किमिका भिसा दिने प्रक्रिया रोकेको छ । मंगलवारबाट लागु हुने गरी दूतावासले डाइभर्सिटी भिसा ‘डिभी’ तथा गैर आप्रवासी भिसा दिने प्रक्रिया रोक्ने जनाएको हो । दुतावासले कोरोना भाइरसका कारण अमेरिकामा ६९ जनाको मृत्यु भएको छ भने ३ हजार ७ सय ८२ जनामा संक्रमण देखिएसंगै भिसा दिने प्रक्रिया रद्द गरेको हो ।

त्यस्तै कोरोनाका कारण अमेरिकामा आपतकाल घोषणा भइसेको अवस्था छ । त्यसअर्थमा भिसा लागि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जारी विज्ञप्तिमा उल्लेख गर्दै भिसा सेवा पुनः सञ्चालन हुने उल्लेख गरिएको छ ।

तर कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा निश्चित मापदण्डमा रहेर दुतावासले भिषा दिने दुतावाुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।