शनिबार, बैशाख ८, २०८१

अमेरिकामा कोरोना कै जीवाणु प्रयोग गरेर बनाइएको भ्याक्सिनको परीक्षण, रिपोर्ट आउँन बाँकी

काठमाडौं चैत ४, विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड९१९ विरुद्धको भ्याक्सिनको अमेरिकामा परीक्षण गरिएको छ । कोरोना विरुद्धको औषधी वा भ्याक्सिन बन्न नसक्दा सङ्क्रमण र मृत्यु हुनेको संख्या दिनहुँ बढीरहेको अवस्थालाइ दृष्टिगत गर्दै विश्वभरका वैज्ञानिक , अनुसन्धाकर्ताले भाइरस विरुद्धको भ्याक्सिन बनाउदै शुरुवाती चरणमा ४५ जना स्वतन्त्र स्वास्थ्य स्वयंसेवकहरुलाई भ्याक्सिन दिदै यसको परीक्षण गरेको समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार कोरोना कै जीवाणुलाई प्रयोग गरेर बनाइएको भ्याक्सिन परीक्षण गरिएका ४५ जना स्वतन्त्र स्वास्थ्य स्वयंसेवकहरुलाई सियाटल राज्य स्थित केइसर पेरमानेन्ते अनुसन्धान केन्द्रमा राखिएको समाचार एजेन्सीहरुले जनाएको छ । त्यस्तै ती अनुसन्धानकर्ताकाहरुले कोरोना कै जीवाणुलाई प्रयोग गरेर बनाइएको भ्याक्सिन लगाएका मानिसहरुमा कोभिड९१९ को संक्रमण नहुने विश्वास अभिव्यक्त गरेपनि दुइसाता पछिमात्र उनिहरुको गतिविधी सुक्ष्म अध्ययन पछि प्राप्त हुने रिपोर्टले भ्याक्सिनले काम गरेको वा नगरेको थाहा हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।